Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


ठुला पूर्वाधारले जगाउँदै आशा


4.8k
Shares

विराटनगर । ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ । सडक, जलविद्युत्, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका ठुला पूर्वाधारको काम धमाधम अघि बढ्दै गर्दा कोसी प्रदेशमा विकासको लहर देखिन थालेको छ ।

जोगबनी–धरान ६ लेन सडक, जोगबनी–किमाथांका कोसी राजमार्ग, बथनाहा–कटहरी रेलमार्ग, काँकडभिट्टा–इनरुवा रेलमार्ग, मेचीपुलबाट नेपालतर्फ विस्तार थालिएको एसियन हाइवे, चुरेको फेदीबाट पूर्व–पश्चिमतर्फ अघि बढेको मदन भण्डारी राजमार्ग यस्तै पहाडी क्षेत्रका जिल्लाहरू जोड्ने गरी निर्माण भइरहेको मध्यपहाडी राजमार्गले कोसी प्रदेशमा सडकका ठुला पूर्वाधार निर्माणको काम आशालाग्दो गरी अघि बढ्दै गरेको छ ।

नेपाल–भारत सिमाना जोगबनीदेखि नेपाल–चीन सिमाना किमाथांका जोड्ने सडक निर्माणको काम भइरहेको छ । यो सडक सञ्चालनमा आए चीन–भारत जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कोसी राजमार्ग स्थापित हुनेछ ।

यो मार्गबाट नेपाल हुँदै चीन र भारतको व्यापार सञ्चालनमा आए नेपालले ठुलो फाइदा लिन सक्ने आर्थिक क्षेत्रका विज्ञ प्राध्यापक डा. पिके झा बताउँछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।