
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा व्यापारमा गिरावट आए पनि द्विपक्षीय व्यापारमा भने भारत र टर्कीबाहेक अन्य सबैजसो मुलुकतर्फको निकासीमा सुधार देखिएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको अनुसार यो वर्ष चैतसम्म भारततर्फ सबैभन्दा बढी ३५ प्रतिशत तथा टर्कीतर्फ ४८.१ प्रतिशतले निकासीमा गिरावट आएको छ । यसबाहेक अन्य सबैजसो मुलुकमा हुने निकासी बढेको छ ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण हिस्सा राख्ने अन्य मुलुकहरुमा अमेरिका, जर्मनी , बेलायत, टर्की, क्यानडा, फ्रान्स, अष्ट्रेलिया, जापान इटाली, नेदरल्याण्ड, डेनमार्क र चीन प्रमुख छन् ।
निर्याततर्फ दोस्रो स्थानमा रहेको अमेरिकातर्फको निकासी यो अवधिमा ८.३ प्रतिशतले बढेको भएको छ । यस्तै जर्मनी र बेलायततर्फ ४.४ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढL सिंगापुरतर्फ २५८.८ प्रतिशतले वृद्धि भएको छ भने क्यानडामा ७७.५ प्रतिशतले निर्यात बढेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्