Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित


351
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ ।

आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो ।

ठेकेदारको बिल आयोजनामा पेस भएको तर, सरकारले रकम निकासा नगर्दा कम्पनीले काम रोक्ने र क्षतिपूर्ति दाबी गर्ने अवस्था आएको बरालले बताउनुभयो ।

आयोजनामा कार्यरत मजदुरको पारिश्रमिक, निर्माण सामग्रीको भुक्तानी लगायतका भुक्तानी समेत हुन नसकेको बताइएको छ ।

आयोजनाका लागि यस वर्ष सरकारले विनियोजन गरेको दुई अर्ब ७१ करोड रुपैयाँले नपुगेर थप १ अर्ब रकम निकासा भई भुक्तानी भईसकेको छ ।