Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


स्वास्थ्य शिविरबाट करिब ८ सय लाभान्वित


156
Shares

स्याङ्जा । स्याङ्गजाको भीरकोट नगरपालिकामा आयोजित बृहत नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय सेवाग्राही लाभान्वित भएका छ्न्।

भीरकोट नगरपालिका र काठमाडौँको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरमा ७ सय ८४ जनाले सेवा लिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो ।

उक्त शिविरमा स्त्री तथा प्रसुती डा. मनोर दिन सैयद नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।चिकित्सकहरुको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षण,परामर्श औषधि वितरणका साथै भिडियो एक्सरे, महिलाहरुको पाठेघरको प्रारम्भिक भीआईएस टेस्ट समेत गरेको थियो।

स्वास्थ्य शिविरमा १सय ८८ जनाले स्त्रीरोग सम्बन्धि उपचार सेवा,१३५ जनाले नाक, कान, घाँटी सम्बन्धि उपचार सेवा, २ सय ३२ जनाले हाडजोर्नी सम्बन्धि उपचार सेवा, २ सय २९ जनाले सामान्य उपचार सेवा लिएको भीरकोट नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नारायणबन्धु अर्यालले जानकारी दिए।