४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


विनाशकारी भूकम्पको सम्झना : पानीको पिरलोले सहरतिर बसाइँ


377
Shares

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् ।

झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ ।

खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् ।

६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरिभराउ नै थिए । केही द्वन्द्वका कारण र केही भूकम्पका कारण विस्थापित बने पनि अधिकांश भने पानीको पिरलोले विस्थापित बन्नुपरेको सीता सुवेदी बताउनुहुन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।