Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


जिताएर पठाए मन्त्री बनाउने सभापति देउवाकाे आश्वासन


13
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने आश्वसन दिनु भएकाे छ ।

बिहीबार चितवनको कालिकानगरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले आफ्ना उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने आश्वसन दिनु भएकाे हाे ।

उहाँले चितवन-२ मा गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाउने वचन दिनु भएकाे हाे । उनले कार्यक्रममा आएका समर्थहरुलाई घरदैलो गरेर भए पनि जीतनारायणलाई जिताउन आग्रह गर्नुभयाे ।