
शिवहरि भट्टराई (इमेज)
राजविराज, भदौ १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराई–मधेसको विकासका लागि संघीय सरकार तत्परताका साथ अघि बढेको बताएका छन् ।
सोमबार सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा गरेको कार्यक्रममा उनले तराई–मधेसमा आर्थिक रुपान्तरणका लागि नै पूर्व–पश्चिम रेलमार्गको निर्माणकार्यलाई तीव्रता दिने योजनामा सरकार रहेको बताए ।
तराई–मधेसको समृद्धिसँगै देश विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार समन्वयन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सोमबारै राजविराज आएको उनले यसअघि राजविराजमा स्थापना गरिएको आन्तरिक राजश्व कार्यालयको औपचारिक उद्घाटनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्