Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


कोशी प्रदेश सरकारद्वारा १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)


104
Shares

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्नुभएकाे छ।

मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धिको रूपमा अघिकांश पुरानै कामलाई समेट्नु भएकाे छ ।

कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख गर्नुभएकाे छ ।