२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


विश्वको आर्थिक वृद्धिदरमा संकुचन आउने आईएमएफको प्रक्षेपण


91
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण गरेको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको संकटका कारण विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्ने आंकलन आईएमएफले गरेको छ ।

गत जनवरीमा २.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको आईएमएफले विश्वभर मुद्रास्फीति उच्च हुनु र ब्याजदरमा वृद्धि तथा युक्रेन–रुस युद्धले आपूर्ति शृंखला प्रभावित हुदा विश्वले झेलिरहको आर्थिक संकटका कारण कमी आउने जनाएको हो ।

गत मार्चमा दुई अमेरिकी बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका थिए । लगत्तै स्विजरल्याण्डको क्रेडिट स्वीस बैंक पनि संकटमा परेपछि विश्वव्यापी रुपमा ठूलो आर्थिक संकट आउनसक्ने आईएमएफको प्रतिवेदनमा उल्लेख छ ।

योसँगै बैंकिङ क्षेत्रमा पनि संकट बढेपछि आर्थिक वृद्धिदरमा अनिश्चितता बढेको आईएमएफको निष्कर्ष छ ।