१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


देशभर ९९ जनामा कोरोना संक्रमण


156
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।