Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक


520
Shares

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीको रोमान्टिक कमेडीले भरिपूर्ण फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक भएको छ ।

यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा उनको अपोजिटमा नेहा शर्मा मुख्य भूमिकामा देखिनेछिन् ।

टिजर नवाजको संवादबाट सुरु हुन्छ, नवाज भन्छन्, ‘मेराे नाम जाेगी, जोगी काे जुगाड कहिल्यै फेल हुँदैन ।’ यसपछि नेहा आएर भन्छिन्, ‘के जुगाड गर्छौ, तिम्रो सारा जुगाड फेल भयो ।’

फिल्ममा नवाज–नेहासँगै जरिना वहाब, सञ्जय मिश्रा र महाक्षय चक्रवर्तीको पनि अभिनय रहेको छ ।

कुशन नन्दीको निर्देशनमा बनेको फिल्म मे १२ मा प्रदर्शन हुनेछ । फिल्मलाई नईम ए सिद्दिकीले निर्माण गरेका हुन् भने किरण श्याम श्राफ क्रिएटिभ प्रोड्युसर हुन् ।

नवाजुद्दीन अन्तिम पटक २०२२ मा फिल्म ‘हिरोपन्ती २’ मा देखिएका थिए ।