 
	    काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंक बढीले उकालो लागेर १८ सय ७१ पुग्यो । कारोबार भने अर्ब तलै सीमित रह्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ३ प्रतिशतमाथिको वृृद्धि आयो ।
वित्त र विकास बैंक समूह पनि अढाई प्रतिशत बराबरले उकालो लागे । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले उकालो लागे । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६२ कम्पनीको ३३ लाख १५ हजार कित्ता शेयर ९५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
मंगलबार २ सय १ कम्पनीको मूल्य बढ्दा जम्मा १६ कम्पनीको घट्यो । यसदिन पनि कालिञ्चोक दर्शनको र आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्