५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मोलमोलाइको आरोप


1.69k
Shares

काठमाडौं । विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयबाट भन्दै फोन गर्ने र मोलमोलाइ गर्ने गरिएको आरोप पीडित प्रमुख प्रशासकीय अधिकृतले लगाएका छन् ।

मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको धमाधम सरुवा गरिरहेको छ । सरुवाको क्रममा स्थानीय तहको अवस्था हेरेर रकम माग्ने गरिएको दाबी केही कर्मचारीले गरेका छन् ।

कर्मचारीका अनुसार स्थानीय तहको अवस्था हेरेर ३ देखि ५ लाख रुपैयाँसम्म माग्ने गरिएको छ । स्रोतका अनुसार ‘गैंडा सरुवा’मा बढी आर्थिक चलखेल हुने गरेको पाइएको छ । निजामती क्षेत्रमा गैंडा सरुवा भन्नाले आकर्षकबाट आकर्षक निकायमा नै हुने सरुवालाई मानिन्छ । जस्तो काठमाडौंबाट काठमाडौंकै स्थानीय तहमा र तराईका एक आकर्षक स्थानीय तहबाट तराइकै अर्को आकर्षक स्थानीय तहमा हुने सरुवालाई गैंडा सरुवाको रूपमा लिने गरिन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।