१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह


247
Shares

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गर्नुभयो । उहाँले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाबाट बच्नको लागि कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन पनि आग्रह गर्नुभयो ।

सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताउनुभयो । उहाँले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा विस्तार गर्नेगरी निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले कोभिड १९ बिरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताउनुभयो । उहाँले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक शतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

सहायक प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण दर बढीरहेकाले आम नागरिकहरुले समयमै शतर्कता अपनाउन आग्रह गर्नुभयो ।