
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ । कामका लागि भारत गएका सुदूरपश्चिमेलीहरु बिसु पर्व मनाउन घर फर्कन थालेसंगै कोरोना सङ्क्रमण बढ्न थालेको हो ।
अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ ।
सङ्क्रमण बढेसंगै सातादिनभित्रै सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ।
कैलालीमा ८६, कञ्चनपुरमा सात, बैतडीमा छ, दार्चुलामा दुई सक्रिय सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ । गत वर्षदेखि यो प्रदेश कोरोनामुक्त थियो । नयाँ भेरियन्टको कोरोनाको सङ्क्रमण फैलिन थालेसंगै यो प्रदेशमा पुनः तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्