
काठमाडौं, भदौ १७ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटो शो गर्ने भएको छ ।
संघले प्रत्येक वर्ष अटो शो गर्दै आएको छ । नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार र बजार प्रवर्द्धन गर्ने उद्देश्यले अटो शो गर्न लागेको संघले जनाएको छ ।
चार पाङ्ग्रे, दुई पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखेर यस बर्ष तीनवटा ह्याङगरहरु राखिएको संघले जनाएको छ । ६ दिनसम्म चल्ने अटो शोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु रहने जनाइएको छ ।
आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिता रहने मेलामा सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्