६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण


884
Shares

काठमाडौं । आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । सन् २०१६ को राष्ट्रपति चुनावअघि स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठुलो रकम दिएर चुप राखेको विषयको अनुसन्धानपछि लगाइएको अभियोगमा ट्रम्प अदालतमा हाजिर भएका हुन् ।

पोर्न स्टार ड्यान्यल्सलाई चुप राख्न ट्रम्पले त्यतिबेला आफ्ना निजी वकिलमार्फत एक लाख ३० हजार डलर दिएको आरोप छ । यसैगरी पोर्न स्टारलाई रकम दिएकोबाहेक उनीविरुद्ध अन्य अभियोग पनि लगाइएको छ ।

उच्च सुरक्षा घेराबीच मंगलबार अपरान्ह न्युयोर्क सिटी अदालतमा ट्रम्प हाजिर भएका थिए । यसअघि अमेरिकी संसद्ले ट्रम्पविरुद्ध दुई पटक महाभियोगको प्रस्ताव ल्याए पनि पारित हुन सकेको थिएन ।

गत साता अदालतले अभियोगपत्र दर्ता गरेर मुद्दा अगाडि बढाउने निर्णय गरेसँगै ट्रम्प अमेरिकी इतिहासमा आपराधिक अभियोगमा मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति बनेका छन् । अदालतमा हाजिर हुन ७६ वर्षीय पूर्वराष्ट्रपति फ्लोरिडाबाट सोमबार न्युयोर्क पुगेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।