Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन पर्छः विप्लव


650
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गर्नु भएको छ ।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उहाँको जिकीर थियो । श्रमिक समूदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफै समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्क समेत गर्नु भयो ।

उहाँले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप पनि लगाउनु भयो । महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्विकार्य नहुने पटकपटक दोहो¥याउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दवाव सचेत गराउनु भयो ।