Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत सार्वजनिक


4.5k
Shares

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनीत फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत ‘येन्तम्मा’ सार्वजनिक भएको छ।

फिल्म रिलिज हुन केही दिन बाँकी रहँदा निर्माण युनिटले ‘यन्तम्मा’ बोलको नयाँ गीत ल्याएको हो । मंगलबार जी म्यूजिक कम्पनी युट्युब च्यानलमार्फत फिल्ममा समावेश उक्त गीत सार्वजनिक भएको हाे ।

विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा सलमान , रामचरण र वेंकटेशले लुङ्गी लगाएर नृत्य गरेका छन् । गीतमा राम चरणको केमियो भूमिका रहेको छ ।

फिल्ममा सलमानसँगै विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीको अभिनय छ।

२१ अप्रिलदेखि प्रदर्शन हुने यस फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका हुन् ।