Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’


624
Shares

काठमाडौं । नेपालमा अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको छ । लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ ।

यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार तालिममै केन्द्रित हुन थालेकाले उनीहरूको मिसन ‘हाई अल्टिच्युड’ तालिम रहेको देखिएको हो । केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

गत माघमा अमेरिकी सेनासँग एक्स–बेलेन्स नेल–२३–३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो । त्यसमा ४५ नेपाली र १९ अमेरिकी सैनिक सहभागी थिए ।

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म संयुक्त अभ्यास चलेको थियो । नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यसअघि पनि अमेरिकी सेनाले २०७९ साउनमा नगरकोट र छाउनीमा तालिम गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।