काठमाडौं । प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो ।
विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए ।
सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो । कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्नेगरी संशोधन राखिएको थियो ।
सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नरायणी शर्मालगायतले संशोधन राख्नुभएको थियो ।
छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावाली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालु रहेका अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने भनि थप गरिने जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस्