Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भारत–मलेसियाबीच भारतीय मुद्रामा व्यापार हुने


195
Shares

एजेन्सी । भारत र मलेसियाले अन्य मुद्राहरूसँगै भारतीय रुपैयाँमा द्विपक्षीय व्यापार गर्न सक्ने भएका छन्।

गत जुलाईमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुपैयाँको मूल्य निर्धारण गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णय अनुसार भारत र मलेसिया अब रुपैयाँमा कारोबार गर्न सक्ने भएकाे गत शनिबार आरबीआईले जनाएकाे छ ।

द्विपक्षीय व्यापारमा रुपया प्रयोग गर्ने पहलको उद्देश्य विश्वव्यापी व्यापार वृद्धिलाई सहज बनाउन र भारतीय रुपैयाँमा विश्वव्यापी व्यापारमा देशहरूको चासोलाई समर्थन गर्नु भएकाे आरबीआईकाे तर्क छ ।क्वालालम्पुरस्थित इन्डिया इन्टरनेशनल बैंक अफ मलेसियाले युनियन बैंक अफ इन्डियासँगको विशेष रुपैयाँ लेनदेन खाता मार्फत द्विपक्षीय व्यापारको लागि रुपैयाँको कारोबारलाई सक्रिय गरिसकेको छ।

यो ज्ञात छ कि आर्थिक र व्यापार सम्बन्ध द्विपक्षीय साझेदारीको मुख्य आधार हो। भारत र मलेसियाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई मजबुद बनाइरहेको छ। मलेसिया भारतको १३औँ ठूलो व्यापार साझेदारको रूपमा उभिएको छ। भारत मलेसियाको शीर्ष १० व्यापार साझेदारको सूचीमा रहेकाे छ। भारत एशियानको तेस्रो ठूलो व्यापारिक साझेदार देश पनि हो।