२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कांग्रेसलाई पाँच मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गरिँदै


6.799k
Shares

मकवानपुर । बागमती प्रदेशसरकार आज (आइतबार) विस्तार हुने भएको छ, बागमती प्रदेशमा आइतबार साँझसम्म मन्त्रिमण्डल विस्तारको तयारी भएको बताइएको छ ।

साविकको गठबन्धन टुटेपछि अफ्ठारोमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् ।

संघीय सरकारमा राष्ट्रपति/उपराष्टपति चयनका क्रममा गठबन्धन भत्केपछि बागमती सरकारबाट नेकपा (एमाले) बाहिरिइसकेको छ । त्यसपछि चार मन्त्रालय रिक्त रहेको छ ।

त्यसअघि नै पनि नेतृत्व नपाएका तीनसहित हाल बागमती प्रदेशमा सातवटा मन्त्रालय रिक्त रहेको छ । रिक्त रहेको सात मन्त्रालयमा मन्त्री नियुक्तिको तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आफू अफ्ठारोमा परेको भन्दै केही दिनअघि कार्यदल गठन गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।