२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


अब पदयात्रामा पथप्रदर्शक अनिवार्य


299
Shares

काठमाडौं । पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ ।

शनिबारदेखि सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधन नयाँ मापदण्ड २०७९ जारी गरेसँगै यो व्यवस्था लागू भएको हो ।

नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरूवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।

नयाँ नियमले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित गन्तव्यको रूपमा चिनाउने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि काँस्तोलाले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।