२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


किस्ता तिर्न सक्दैनौं, बलजफ्ती गरे आन्दोलन


2.21k
Shares

पोखरा । पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् ।

कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरूको माग छ ।

यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले माग गरे ।

कोभिडपछि आर्थिक मन्दीका कारण पर्यटन व्यवसाय पनि निकै कठिन परिस्थितिमा भएकाले हाल चैत मसान्तको किस्ता असार मसान्तसम्मलाई सार्नुपर्ने उनको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।