 
	    काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएकाे छ ।
धनगढी रंगशालामा हुने फाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल शनिबार दिउँसो ३ बजे सुरु हुने भएकाे छ । दुई चिरपरिचित प्रतिद्वन्द्वी मनाङ र थ्री स्टार शनिबार दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने भएका छन् ।
आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दावी गरेका थिए । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छन् ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्ने भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्