२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


पार्टीको घोषणापत्र लेखेका वाग्लेले किन छाडे कांग्रेस


1.963k
Shares

काठमाडौं । विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको दल कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले २०७४ र गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

वाग्लेले पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएकाले आफू कांग्रेसबाट बाहिरिएको उल्लेख गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।