डडेल्धुरा । बहुचर्चित जलविद्युत परियोजना पश्चिम सेती नबन्ने चर्चासँगै पश्चिम सेती आसपासका जनताले सपना देख्न छोडेका छन् ।
२०३४ सालदेखि चर्चामा आएको पश्चिम सेती चार दशक बितिसक्दा पनि निर्माण अगाढी बढ्न सकेन ।
यसबाट पश्चिम सेती तटीय क्षेत्रका जनता विकासका अवसरबाट बञ्चित मात्र भएका छैनन्, पछिल्लो समयसम्म आइपुग्दा चार वटा कम्पनीले धोका मात्रै दिएको स्थानीय डम्बरबहादुर साउँद बताउँछन् ।
सरकारले पटकपटक पश्चिम सेती बन्ने आश्वासन दिएर जनता झुक्याएको र विकासका अवसरबाट पनि बन्चित गराएको दुःखेसो स्थानीयको छ । एक खर्ब ८० अर्ब लगानी हुने भनिएको यस परियोजनाबाट सात सय ५० मेघावाट विद्युत उत्पादन हुने अनुमान छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लाको सीमास्थित बहुउद्देश्यीय जलाशय परियोजनाले सार्थकता नपाउँदा स्थानीय निराश बनेका हुन् ।
फ्रान्सिस सोग्रेह कम्पनी, कोरियन कम्पनी, अष्ट्रेलियन कम्पनी स्मेक बाहिरिए पछि २०६८ सालमा चाईनिज कम्पनी थ्रि गर्जेज भित्रिएको थियो ।
तर उसले पनि लगानी गर्न नसक्ने भन्दै हात झिकेपछि पश्चिम सेती परियोजनाको भविष्य अन्योलपूर्ण बनेको हो ।









प्रतिक्रिया दिनुहोस्