Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सडक पेटीका व्यापारीलाई पनि क्युआर कोड सुविधा


247
Shares

काठमाडौं । आजदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ ।

एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, अब ठेलामा पोलेको मकै बिक्री गर्नेदेखि उखुको जुस बेच्ने जस्ता स–साना कारोबार गर्ने व्यवसायीलाई भुक्तानीसम्बन्धी कार्य गर्नेहरूले सहजै डिजिटल भुक्तानीका लागि आफ्नो ठेलामा ‘क्युआर स्ट्याण्ड’ राख्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाख रूपैयाँसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू गर्न निर्देशन दिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।