Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्छ : रमेश लेखक


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्याय सरकार वा कुनै राजनीतिक पार्टीको मात्रै विषय नभई सिंगो राष्ट्रकै साझा विषय भएकाले हुनाले त्यसलाई टुंगोमा पुर्‍याउन पनि सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह समेत गर्नुभयो ।

उहाँले पीडितलाई न्याय दिन, परिपुरणको व्यवस्था गर्न र मुलुकमा फेरि द्वन्द्व आउन नदिने गरी सरकारले सो विधेयक ल्याएको जिकीर गर्दै त्यसलाई सहमति सहकार्य र संवादको माध्यामबाट राजनीतिक दलहरुले पारित गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक लेखकले १० वर्षे सशष्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गरेका राजनीतिक दलहरुले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।