काठमाडाैं । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्था रहेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्