
काठमाडौं, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शनिबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनकाक्रममा राजधानीमा रहेका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गरेका हुन् ।
भेटका अवसरमा उनीहरुबीच नेपाल–श्रीलंका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्रसचिव शंकरदास वैरागी, श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्याल र नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस परेराको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्