Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यशाला सम्पन्न


78
Shares

काठमाडौं । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न गरेको छ ।

आइतबार बोर्डकाे हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला सम्पन्न गरिएको हो । यहि चैत्र ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएकाे कार्यशालामा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । साथै पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।

विभिन्न पुरस्कारहरू विजेता तथा पूर्वएफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर बर्वेले आफूले नेपालमा केही अनुभवी तथा केही नयाँ फिल्म मेकरहरूसँग तीन दिनसम्म बस्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रशिक्षार्थीको रुपमा सहभागी नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको समेत बताएका छन् ।

बोर्डका अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले सोही उद्देश्यसहित यो कार्यशालाको आयोजना गरिएको बताएका छन् ।

Skip This