 
	    सिन्धुली । नेपाल सरकारले अघि सारेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको ४ किलोमिटर सुरुङ खनिएकाे छ ।
कुल १३ दशमलव ३ किलोमिटर सुरुङ तयार गर्ने योजना अनुसार ५ महिनाको अवधिमै ४ किलोमिटर सुरुङ निर्माण भइसकेको आयोजनाका निर्देशक मित्र बरालले बताउनुभएकाे हाे । आयोजनाले १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माण गर्ने अवधि१ वर्ष १० महिनाको अवधि लाग्ने लक्ष्य राखेको थियो ।
सुरुङ निर्माण गर्ने कार्य यहि रफ्तारमा अघि बढेमा समय अगावै सकिनेछ । यस अवधिमा सुरुङ निर्माणमा कुनै समस्या आएको छैन । तर निर्माण क्षेत्रमा विभिन्न भौगोलिक बनावट भएका कारण कुनै जटिल समस्या आउने नआउने अहिले नै अनुमान गर्न नसकिने जनाइएको छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि गत असोज महिनाबाट टिविएमले सुरुङ खन्ने काम गरेसँगै आयोजना निर्माणको काम तीब्र गतिमा संचालन भइरहेको छ । साेही आयोजनाकाे सुरुङ निर्माणको कार्य चाइनिज ठेकेदार चाईजा ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेकले गरिरहेको छ ।
आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण र ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणको कार्य समेत संचालन भइसकेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको कानढुङग्रीबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रति सेकेण्ड पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी मरिण क्षेत्रमा पुर्याइ ३१ मेगावाट विधुत उत्पादन गर्ने जनाइएकाे छ ।
सोही पानी हालको बागमती सिंचाई योजनाको नहरबाट तराईका सर्लाही, रौतहट, महोतरी र धनुषा लगायतका जिल्लामा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिइएको छ । याे आयोजना सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुन सहयोग पुग्नेछ ।
याे आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलाेमिटरमाथि सुनकोशी नदीमा १ सय ५८ मिटर लामो व्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ बेसिन, टनेल इण्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किलाेमिटर लामो सुरुङ, सर्ज पण्ड स्वीच यार्ड,३१ मेगावाट क्षमताको विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाईन निर्माण गरिने भएकाे छ ।
आयोजनाको विद्युत गृह, सर्जपण्ड र स्वीच यार्ड कमलामाई नगरपालिका-२ कुसुमटारमा निर्माण गरिने भएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्