Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘सहकारीको ऋण समयमा भुक्तानी गर’


611
Shares

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ ।

पछिल्लो समयमा केही सहकारीमा समस्या सिर्जना भएपछि सहकारीका बचतकर्ताहरूले बचत फिर्ता लिन थालेको र तरलतामा चुनौती देखापरेको महासंघले जनाएको छ ।

सहकारी संघ संस्थाहरूले बचत रकमको सामान्यतय ८० प्रतिशतसम्म सदस्यहरूलाई नै कर्जा प्रवाह गर्ने भएकाले बचत फिर्ता गर्न सहज वातावरण बनाउन ऋणी सदस्यहरूलाई ऋणको किस्ता तिर्न आह्वान गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।