Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कहिले पाउँछ सरकारले पूर्णता ?


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनु भएकाे छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताउनु भएकाे हाे ।

महत भन्नुभयाे, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’

उनले आफ्नो पार्टीबाट कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने विषय अहिले नटुङ्गिएको बताउनु भयाे ।