Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बैंकिङ क्षेत्रमा निक्षेप रकम वृद्धि


494
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप रकम वृद्धि भएको छ  ।

वाणिज्य बैंक, विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा वित्तीय संस्थाले कुल ५३ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेकोमा पछिल्लो समयमा यस्तो निक्षेप रकम झण्डै २० अर्ब रुपैयाँले वृद्धि भएको हो ।

सोहि अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४८ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ  । यो कर्जा रकम बैंकिङ क्षेत्रले चालू आवको पुस मसान्तसम्ममा प्रवाह गरेको कुल कर्जा रकमभन्दा कम हो  ।

चालू आर्थिक वर्षको पुस मसान्तमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ रहेको थियो । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार चार सय ४७ पुगेको छ  ।

यसैगरी यी सबै क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने चार हजार छ सय ४८ पुगेको छ  ।