Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


त्रिपाल खरिदको भुक्तानी दिने निर्णय कार्यान्वयन नहुँदा तड्पिँदै व्यवसायी


273
Shares

काठमाडौं । २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी दिने निर्णय भएर पनि कार्यान्वयनमा नआएपछि तनावमा परेको चार जना व्यवसायीले बताएका छन् ।

व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना प्राइभेट फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरेका थिए ।

आपत्कालीन अवस्थामा विभिन्न जिल्लाबाट मागको आँकलनका आधारमा १ लाख ५१ हजार थान त्रिपाल खरिद गरी उपलब्ध गराउन मन्त्रालयको खरिद इकाईको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ घ अनुसार सोझै खरिद प्रक्रिया अवलम्बन गर्न सिफारिस गर्न निर्णय गरेको थियो । सो निर्णयअनुसार व्यवसायीसँग सरकारले त्रिपाल खरिद गर्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्को १४ वैशाख २०७२ को निर्णयअनुसार विशेष परिस्थितिमा तत्काल २६ हजार थान त्रिपाल प्राप्त भई २५ हजार थान त्रिपाल पठाउन सप्लायर्सलाई अनुरोध गरी सकिएको र प्रक्रिया पु-याएर भुक्तानी दिने व्यवस्था मिलाउने निर्णय भएको थियो । तर, सरकारले ८ वर्ष बित्न लाग्दा पनि त्रिपाल खरिद गरेको भुक्तानी नदिएर आफूहरूलाई अहिलेसम्म झुलाएको व्यवसायी कृष्णहरि चौलागाईले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।