Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई, कारसम्मै छाेड्न पुगे पाैडेल (तस्बिरहरु)


5.1k
Shares

काठमाडाैं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ। सोमबार उहाँको राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाई गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाई गरिएको हो।

उहाँलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाई गरिएको छ।

बिदाइ पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले निवर्तमान राष्ट्रपति भण्डारी गाडीसम्म छाेड्न जानु भएकाे थियाे ।

उहाँ आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ ।