६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि सुरू


104
Shares

काठमाडौं । नेपालका दुई वटा निर्जीवन बीमा कम्पनीहरु सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले साेमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

निर्जीवन वीमा क्षेत्रका अग्रणी दुई कम्पनी मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । सगरमाथा कम्पनीको १ सय कित्ता शेयर बराबर लुम्बिनीको ८० कित्ता शेयर हुने हिसाबमा यी कम्पनी मर्ज भएका हुन् ।

एकीकृत कम्पनीको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल रहुन भएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्रीले पाउनुभएको छ । मर्ज भएपछि यो कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको जगेडा कोषमा ७५ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।