Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बजारस्थिर नहुँदा समस्या भएको किसानको गुनासो


52
Shares

धनकुटा । बजार स्थिर नहुँदा कृषि पेसा नै धरासायी बन्दै गएको धनकुटाका किसानहरुले बताएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाले आयोजना गरेको व्यवसायीक कृषकहरुसंगको अन्तरक्रिया कार्यक्रममा कृषकहरु बजार स्थिर नहुदाँ किसानहरुलाई ठूलो मार परेको बताएका हुन् ।

बजार स्थिर नहुदाँ कृषि पेसा दिर्घकालिन पेसा बन्न नसकेको, कृषिजन्य उत्पादनको बजारी करणमा समस्या भएको, पशुको बीमा गर्दा कम मुल्याकन गरी बिमा गरि दिने कारणले समस्या हुने गरेको बीमा रकम पाउन समस्या हुने गरेको लगायतका गुनासा गरेका हुन् ।

कार्यक्रममा कृषक गुनासो पछि बोल्दै पशुपन्छि तथा मत्छ विकास निर्देशनालय बिराटनगरका प्रमुख डा. पशुपति ढुङ्गानाले कृषकका समस्या समाधान गर्ने गरी आगामी कार्यक्रम तय गर्न कोशिस गर्ने आश्वासन दिए ।

कार्यक्रममा कृषि अनुसन्धान केन्द्र धनकुटाका प्रमुख गोबिन्द तिम्सीनाले कृषि क्षेत्रमा भइरहेको अनुसन्धानको बारेमा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गनाले जिल्लामा पशुपालन तथा दुग्ध उत्पादनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।