Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल


117
Shares

काठमाडाैं । अर्थविद् डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रियामा उहाँले पाँच वर्ष सरकार सञ्चालन हुनसक्ने परिस्थिति निर्माण भएकाले अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गर्नुभयो । अर्थविद् डा नेपालले विद्यमान आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सुधार गरी विकासको आधार तयार गरेर जनताको आवश्यकता पूर्तिमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “अर्थतन्त्रको सूचक राम्रो छैन, लगानी पनि बढेको छैन, सार्वजनिक सेवा पनि सुधारोन्मुख छैन, त्यसैले योजनाबद्ध सुधारका कार्यक्रम ल्याउन जरुरी छ । सेवाप्रवाहलाई नागरिकमैत्री बनाइनुका साथै आत्मनिर्भरता र उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।”

सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।