Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


पार्टीकाे आधिकारिक उम्मेदवार काे हुन्छ?, भाेलि थाहा हुन्छ : प्रमिला कुमारी


403
Shares

काठमाडाैं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएकी प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोलि) थाहा हुने बताउनुभएको छ ।

शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आईतवार(भोलि) थाहा हुने बताउनु भयो ।

उहाँले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको बताउनु भयो । आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परेपनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘मेरो उम्मेदवारी जित्नको लागि हो । प्रतिस्पर्धा गर्नुप¥यो । आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनाव सम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुइजनाको उम्मेदवारी प¥यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’

उहाँले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।