
Photo Google
काठमाडौं । उपभोक्ताको भान्सामा विषादीको अवशेष रहेका तरकारी तथा फलफुल पुग्दै आएका समाचार प्रकाशित भएपछि सरबार बल्ल तातेको छ ।
सरकारले तरकारीमा अहिलेसम्म दुई समूहका विषादी परीक्षण गर्दै आएकामा यसलाई बढाएर चार पुर्याउने भएको हो ।
यस्तै, अहिलेसम्म देशभरमा ७ स्थानमा मात्र विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना भएकामा अब थप ५ स्थानमा स्थापना गर्ने सरकारले तयारी गरेको छ ।
केन्दीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत राजीव राजभण्डारीले आगामी दिनमा ४ समूहका विषादीको परिक्षण गर्ने र ५ स्थानमा प्रयोगशाला थप्ने निर्णय भएको जानकारी दिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्