८ असार २०८२, आइतबार | Mon Jun 23 2025


राप्रपाद्वारा राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय, तटस्थ बस्ने


637
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेकाे छ ।

राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय भएकाे पार्टी प्रवक्ता माेहन श्रेष्ठले ईमेज खबरलाई जानकारी दिनु भयाे ।

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेकाे हाे ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।