Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अमेरिकाबाट पार्सल गरिएकाे गाँजासहित तीन जना पक्राउ


364
Shares

काठमाडौं । अमेरिकाबाट आएकाे झण्डै ७ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका-३ का फैज आलम र गोरखाको गण्डकी गाउँपालिका- ४ का २३ वर्षीय रुपक अर्याल रहेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ६ केजी ९ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।

उक्त पार्सल बुझ्न आउने क्रममा दयानी र आलमलाई पक्राउ गरिएकाे एसपी जोशीले बताउनु भयाे

त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ ।

उक्त पार्सल रिसिभ गर्ने क्रममा अर्याललाई पक्राउ गरिएको उहाँले बताउनु भयाे ।