Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


फेरिँदै होलीको रौनक : वास्तविकता भुल्दै आधुनिकतामा रमाउँदै


585
Shares

काठमाडौं । रङहरूको पर्व फागु अर्थात होली सोमबार काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा मनाइएको छ । तराईमा भने आज मनाइँदै छ ।

तिथिका हिसाबले पूर्णिमासम्म फागुन नै महिना रहने हुँदा उपत्यका र पहाडी भेगमा यसलाई फागु पूर्णिमा भने पनि तराईमा यसलाई होली भन्ने गर्दछन् । पछिल्लो समय सबैले यो पर्वलाई होली पर्वका रूपमा लिने गरिन्छ ।

मायाप्रेम झल्काउने तथा उमंग र उत्साह थपिदिने होलीमा एकआपसमा रङ र अबिर दलेर पानी छ्पापाछ्याप गरी हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।

कसैको अनुमति बेगर अचेल होलीमा रङ दल्ने कम भएको छ । समूह–समूहमा बसेर साथीभाइबीच रङ र अबिर दलेर रमाइलो गर्ने चलन बढ्दै गएको छ । तर। देखावटी, होडबाजी र मदिरा एवं लागूऔषध सेवन गर्ने विकृति पनि मौलाउँदै गएको छ । यसप्रति संस्कृतिविद् चिन्तित छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।