Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सूचना महामार्ग निर्माण अलपत्र


156
Shares

काठमाडौं । नेपालको ग्रामीण दुरसञ्चार क्षेत्रमा गुणात्मक परिर्वतन गर्ने अपेक्षासहित अघि बढाइएको सूचना महामार्ग निर्माण निराशाजनक छ । सूचना महामार्ग अर्थात् मध्यपहाडी लोकमार्गसहित जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर बिछ्याउने कार्य निराशाजनक अवस्थामा पुगेको हो ।

महामार्ग निर्माण सुस्त हुनुमा विभिन्न कारण देखिएका छन् । यसको जिम्मेवारी लिएका निकायको ढिलासुस्तीले निर्माण कार्यले गति लिन सकेको छैन ।

अर्कोतिर केही स्थानहरुमा देखिएको विवादमा अदालती प्रक्रियामा भएको ढिलाइले पनि काम अगाडी बढ्न सकेको छैन् ।

देशको दुर्गम जिल्लामा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यसहित सुरू गरिएको सूचना महामार्गको काम समयमा सम्पन्न हुन नसक्दा गुणस्तरीय इन्टरनेट सुबिधा पाउने अधिकारबाट ती क्षेत्रका नागरिक बञ्चित बन्न पुगेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।