काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत नदिने भएको छ भने नागरिक उन्मुक्ति पार्टीले लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने प्रस्ट पारेको छ ।
माओवादी प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल बहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले ‘यथास्थितिमा विश्वासको मत दिने अवस्थामा आफूहरू नभएको’ बताए । ‘लिखित प्रतिबद्धता नभएसम्म विश्वासको मत दिन नसकिनेगरी स्पष्ट निर्णय भएको छ,’ उनले भने ।
माओवादी प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबीसमेत गरेको छ । तर, यसका लागि कांग्रेसले ‘संवादको वातावरण नबनाएको’ भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो । शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन समस्या हुने छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्