Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिने माओवादी केन्द्रकाे निर्णय


11.3k
Shares

धनगढी । नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेकाे प्रदेश स्तरीय बैठकमा माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।